Rule 116
निलम्बन गर्ने
: (१) कुनै सशस्त्र प्रहरी कर्मचारीको सम्बन्धमा नियम ११३ मा लेखिएको कुनै अभियोगको जाँचबुझ गर्नु परेमा जाँचबुझ समाप्त नहुन्जेलसम्म त्यस्तो सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय सजायको आदेश दिन पाउने अधिकारीले निलम्बन गर्न सक्नेछ ।
तर देहायको अवस्था नभई साधारणतया निलम्बन गरिने छैन :–
(क) ऐनको दफा २७ बमोजिमको अभियोगमा मुद्दा दायर गर्ने निर्णय भएमा,
(ख) निलम्बन नगरी ओहोदाको काम गर्न दिँदा झुठ्ठा सबूद प्रमाण सङ्कलन गर्न सक्ने वा आफ्नो विरुद्धको सबूद प्रमाण गायब गर्न सक्ने देखिएमा,
(ग) निलम्बन नगरी ओहोदाको काम गर्न दिँदा सरकारी हानी नोक्सानी हुने सम्भावना देखिएमा, वा
(घ) कुनै पनि सशस्त्र प्रहरी कर्मचारीले गरेको कामको कारणले निजलाई निलम्बन नगरे सङ्गठन भित्रका कर्मचारीहरुमा नैराश्यता वा उत्तेजना आउने वा जनमानसमा नकारात्मक असर पर्न सक्ने वा सशस्त्र प्रहरी सङ्गठनकै प्रतिष्ठामा आँच आउने भएमा ।
(२) उपनियम (१) बमोजिम कुनै सशस्त्र प्रहरी कर्मचारीलाई निलम्बन गर्दा छ महिनाभन्दा बढी गर्नु हुँदैन । सो अवधि भित्रै निज उपरको कारबाही किनारा लगाउनु पर्नेछ । कुनै असाधारण अवस्था परी उक्त अवधिभित्र कारबाही किनारा लगाउन नसकिने भई निलम्बनको अवधि बढाउनु परेमा विभागीय सजायको आदेश दिन पाउने अधिकारीले अख्तियारवालाको पूर्व स्वीकृति लिई तीन महिनासम्म बढाउन सक्नेछ ।
(३) यस नियमावली बमोजिम गरिएको कारबाहीको परिणाम स्वरुप निलम्बनमा परेको अवस्थामा बाहेक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो काम कारबाहीको कारणले कुनै फौजदारी अभियोगमा गिरफ्तार भई थुनामा परेमा वा त्यस्तो आरोप लागेको सशस्त्र प्रहरी कर्मचारी साधारण तारेखमा छुटेको अवस्थामा बाहेक मुद्दाको अन्तिम किनारा नलागेसम्म स्वतः निलम्बन भएको मानिनेछ ।
(४) कुनै सशस्त्र प्रहरी कर्मचारी उपर नेपाल सरकार वादी हुने कुनै फौजदारी अभियोगमा कुनै अधिकार प्राप्त निकायले निलम्बनका लागि लेखी पठाएमा त्यस्तो सशस्त्र प्रहरी कर्मचारीलाई अधिकार प्राप्त अधिकारीले निलम्बन गर्नु पर्नेछ र सोको जानकारी सम्बन्धित निकायलाई दिनुपर्नेछ ।
(५) कुनै सशस्त्र प्रहरी कर्मचारी सरकारी कामको सम्बन्धमा वा नेपाल सरकारको तर्फबाट भएको कारबाहीको फलस्वरुप निलम्बन भएमा सो निलम्बनको अवधिभर निजले खाइपाइ आएको तलबको आधा तलब मात्र पाउनेछ ।
तर लागेको आरोप प्रमाणीत नभई निजले सफाई पाएमा निलम्बन रहेको अवधिमा आधा तलब पाएको भए सो कट्टा गरी र नपाएको भए पुरा तलब (तलब वृद्धि हुने भएमा सो समेत) पाउनेछ । कसुरदार ठहरिएमा निलम्बन भएको मितिदेखिको बाँकी तलब पाउने छैन ।
(६) कुनै सशस्त्र प्रहरी कर्मचारी उपनियम (५) मा उल्लिखित कारण बाहेक अन्य कुनै कारणबाट पक्राउ परी स्वतः निलम्बन रहन गएको रहेछ भने निजले त्यसरी निलम्बन रहेको अवधिको तलब, भत्ता र रासन पाउने छैन ।